PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

जित मुखैमा थियो, यसरी झरीले बिथोल्यो जस्‍न ...

जित मुखैमा थियो, यसरी झरीले बिथोल्यो जस्‍न ...

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कीर्तिपुरस्थिति क्रिकेट मैदानमा आज नेपालले कुवेतविरुद्ध जित निकाल्दै थियो। जितको जस्‍नमा रमाउन समर्थकहरुको बाढी नै थियो त्यहाँ। पटक पटक पानीकै कारण ४२ ओभरमा सीमित गरेको खेलमा नेपालले २ सय ८१ रनको विशाल योगफल तयार पारिसकेको थियो। 

ब्याटिङमा जस्तै बलिङमा पनि करन केसीले उग्र रुप देखाइसकेका थिए। कुवेतलाई १० रन दिएर ५ विकेट एक्लैले लिइसकेका थिए। खेल नवौं ओभरमा चलिरहेकै थियो। नेपालले खातामा ६ विकेट पारेर जित करिब करिब निश्चित गरिसकेको थियो। ठीक त्यतिखेर झरीले फेरि विथोल्यो। खेल रोकियो। 

झरीले खेलमात्र रोकेन एउटा फराकिलो जितको जस्‍न मनाउन पुगेकाहरु निथ्रुक्क भए। मैदान छोपियो। छोपिएकै मैदानमा पनि पानी यसरी छिरेको छ कि सम्भवत खेल अगाडि बढ्ने छैन। ६ विकेट गुमाउँदा ३७ रनमा अड्किएको छ कुवेत। अब खेल सकिएको औपचारिक घोषणामात्र बाँकी छ। सम्भवत जित नेपालको पोल्टामा छ। खुलेर रमाउन चाहिँ झरीले नदिने पक्का भइसकेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell