PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मन्दीबाट जोगिन समानुपातिक प्रणाली खारेज गरौं : इन्द्र बानियाँ



पहिलोपोस्ट

मन्दीबाट जोगिन समानुपातिक प्रणाली खारेज गरौं : इन्द्र बानियाँ
फाइल फोटो

मेलम्ची : नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले मुलुकमा रहेको समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताएका छन्। शनिवार सिन्धुपाल्चोक कांग्रेस क्षेत्र २ ले गुफाडाँडामा आयोजना गरेको वनभोज कार्यक्रममा बानियाँले उक्त धारणा राखेका हुन्।

अहिले देशको अर्थतन्त्र देखिएको मन्दीपनलाई सुधार गर्न भएपनि समानुपातिक प्रणाली हटाउनुपर्ने उनको तर्क थियो। 'समानुपातिक प्रणालीलाई खारेज गरौं। बरु यसका लागि छुट्याउने बजेट बिकास निर्माणमा लागनी गरौं,' बानियाँले भने। बानियाँले अब आउने बजेट गाउँ मुखी रोजगारमुखी  र सेवामुखी हुने उनले बताए। देशको अर्थतन्त्रलाई सुदृढ बनाउन भए पनि यस्ता प्रकारको बजेटको आवश्यकता भएकोले यसलाई प्राथमिकता राखेर बजेट निर्माण गर्ने उनको भनाई रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell