PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा



पहिलोपोस्ट

रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका नेता डीपी अर्यालले जिम्मेवारीबाट राजीनामा दिएका छन्। सभापति रवि लामिछाने उपनिर्वाचनमा निर्वाचित भएसँगै अर्यालले राजीनामा दिएका हुन्। लामिछाने नै दलको नेता हुनुपर्छ भन्‍ने अभिमत रहेकाले राजीनामा दिएको उनले बताएका छन्।

'हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको हुँदा मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मितिदेखि लागू हुनेगरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु', अर्यालले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell