PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोलाको नेकपा बहुमतबीच एकता, बन्यो क्रान्तिकारी कम्युनिस्ट पार्टी



पहिलोपोस्ट

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोलाको नेकपा बहुमतबीच एकता, बन्यो क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौं: मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ। शनिबार दुबै पार्टीको संयुक्त एकता अधिवेशन सम्पन्न भएको छ। 

एकता अधिवेशनमार्फत पार्टीको अध्यक्षमा मोहन वैद्य  'किरण' चयन भएका छन्। त्यस्तै पार्टी प्रवक्ताको जिम्मेवारी बास्तोलाले पाएका छन्। २०७२ सालमा तत्कालीन एकीकृत नेकपा माओवादीबाट अलग भई मोहन वैद्य किरणले नेकपा-माओवादी निर्माण गरेका थिए। त्यसको केही वर्षमा नै यो पार्टीबाट नेत्रविक्रम चन्द 'विप्लव' अलग भइ नेकपा बनाएका थिए। 

गत वर्ष स्थानीय तहको निर्वाचनको संघारमा विप्लव नेतृत्वको पार्टीबाट बास्तोला अलग भएर नेकपा बहुमत बनाएका थिए। नवगठित पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल राखिएको छ। 

एकता अधिवेशनले २६७ जनाको महाधिवेशन आयोजक समित समेत बनाएको छ । अधिवेशनले १५ सदस्यीय कार्यालय, ८७ सदस्यीय सचिवालय समेत बनाएको छ। अधिवेशनले अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) १८ गते सोमबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी पार्टी एकताको घोषणा गर्ने समेत निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell