PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

ओखलढुंगामा चट्याङ लागेर एकजना महिलाको मृत्यु



पहिलोपोस्ट

 ओखलढुंगामा चट्याङ लागेर एकजना महिलाको मृत्यु
फाइल फोटो

काठमाडौं : शनिबार अपराह्न चट्याङ लागेर गम्भीर घाइते भएकी एकजना महिलाको मृत्यु भएको छ। ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका-२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको हो।

घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो। बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। 

ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ। जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell