काठमाडौं : नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारी आज उपचारपछि स्वदेश फर्किने भएका छन्।। गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगालागीमा परी घाइते भएका भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि आज स्वदेश फर्कन लागेका हुन्।
गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित डा भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत थिए। कांग्रेस नेता माधव न्यौपानेका अनुसार डा भण्डारीको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आएको छ। पछिल्लो समयमा उनी बोल्ने र हिँड्ने सक्ने भएका छन्।
सो आगलागीमा परी घाइते भएकी भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो।