PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

वीर अस्पतालकी स्टाफ नर्स मृत फेला



पहिलोपोस्ट

वीर अस्पतालकी स्टाफ नर्स मृत फेला

काठमाडौं : वीर अस्पतालमा काम गर्दै आएकी एक स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छिन्। काठमाडौं महानगरपालिका वडा नम्बर १६ बोहोराटारस्थित एक घरमा झुन्डिएको अवस्थामा उनी फेला परेकी हुन्।

शनिवार अनुमा श्रेष्ठ झुन्डिएको अवस्थामा भेटिएको जानकारी आएपछि प्रहरी टोली घरमा पुगेको थियो। उनी मृत फेला परेको घर भने उनको होइन। नत डेरा नै हो। उनी सुजन ढकाल नाम गरेका युवकको घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। सुजन भने चिकित्सक हुन्।

शव भेटिएपछि आफन्तले शव भने उठाउन दिएका छैनन्। उनी कसरी त्यहाँ पुगेर मृत अवस्थामा भेटिइन्? भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell