PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

सलमान खानले भने : पठान हिट हुनुमा मेरो कुनै भूमिका छैन



पहिलोपोस्ट

सलमान खानले भने : पठान हिट हुनुमा मेरो कुनै भूमिका छैन

भारतीय अभिनेता सलमान खानले पठान हिट हुनुमा आफ्नो कुनै भूमिका नरहेको बताएका छन। हालै एक अन्तर्वार्तामा होस्टले शाहरुख खानको ‘पठान’ हिट बन्नुको श्रेय सलमानलाई पनि दिएका थिए। तर, जवाफमा सलमानले शाहरुखको क्रेडिटलाई कसैले खोस्न नमिल्ने बताए।

गत २५ जनवरीमा रिलिज भएको पठानमा सलमान ‘केमियो रोल’मा देखिएका थिए। १० मिनेटको उनको उपस्थितिलाई दर्शकले रुचाए पनि। तर सलमान भने शाहरुखले उत्कृष्ट काम गरेको बताउँदै ‘पठान’ सफल हुनुको सबैभन्दा ठूलो हकदार शाहरुख नै मान्छन्।

सलमान खान हालै ‘आप की अदालत’मा देखिएका थिए। जहाँ उनलाई पठानसँग सम्बन्धित प्रश्न सोधिएको थियो।

जवाफमा उनले भने, ‘फ्यानहरु लामो समयदेखि पठानको प्रतिक्षामा थिए। सबै फ्यानहरू शाहरुखको फिल्म हेर्न आतुर थिए र, यो फिल्म सही समयमा, सही अवसरमा आयो। शाहरुख र आदित्य चोपडाको श्रेय कसैले खोस्न सक्दैन। मलाई लाग्छ, यो हिन्दी फिल्म उद्योगको सबैभन्दा ठूलो हिट फिल्म बनेको छ।’

सलमान र शाहरुख सधैँ एकअर्काका शुभचिन्तक हुन्। दुवैले एकअर्काको बारेमा बोल्दा प्रशंसा नै बढी गर्ने देखिएको छ। सलमान र शाहरुख पहिलो पटक सन् १९९५ मा फिल्म ‘करण-अर्जुन’ मा एकसाथ देखिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell