PahiloPost

Jul 3, 2024 | २० असार २०८१

बैशाखको अन्त्यतिर छायाङ्कन सुरु हुने ‘दौतरी’मा गरिमा शर्मा मुख्य भूमिकामा देखिने



पहिलोपोस्ट

बैशाखको अन्त्यतिर छायाङ्कन सुरु हुने ‘दौतरी’मा गरिमा शर्मा मुख्य भूमिकामा देखिने
Photo: Garima Sharma

काठमाडौं : फिल्म ‘दौतरी’मा मोडल गरिमा शर्मा अनुबन्धित भएकी छिन्। यस फिल्ममा गरिमा मुख्य भूमिकामा देखिने निर्देशक मधुसुधन भट्टराईले जानकारी दिए।

‘गरिमा अनुबन्धित भएसँगै फिल्मको मुख्य कलाकारहरुको लाइनअप पूरा भएको छ। फिल्मको दुई अभिनेत्रीमध्ये एउटा भूमिकामा गरिमा देखिनुहुनेछ,’ निर्देशक भट्टराईले भने।

जय माँ दुर्गे फिल्म्स्ले निर्माण गर्ने फिल्ममा गरिमाका साथै आर्यन सिग्देल, मुकुन भुसाल, साक्षी लम्सालको मुख्य भूमिका रहनेछ।

छिरिङ तुण्डु शेर्पा र विजय चन्द निर्माता रहेको फिल्मको छायाङ्कन बैशाखको अन्त्यतिर सुरु हुने बताइएको छ।

मोडलिङबाट करियर सुरु गरेकी गरिमाको डेब्यू फिल्म ‘लण्डन टु पेरिस’ भने रिलिज हुन बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell