PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

महावीर पुन र सरकारबिच सहमतिको प्रयास



पहिलोपोस्ट

महावीर पुन र सरकारबिच सहमतिको प्रयास

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबिच संवाद गर्न वार्ता टोली गठन गर्ने सहमति भएको छ। रक्षा मन्त्री पूर्णबहादुर खड्का र पुनबिच भएको छलफलपछि वार्ता टोली गठन गर्ने सहमति भएको पुनले जानकारी दिए। मन्त्रीसँगको संवाद सकारात्मक भएको उनले बताए। 'मन्त्रीसँगको कुरा त एकदम सकारात्मक भयो। कुरा गर्दा गर्दै पनि प्रधानमन्त्रीले फोन गर्नुभएको थियो,' उनले भने। 

किन आन्दोलित भए पुन?

पुनले विभिन्न ११ बुँदे माग राखेर माइतीघरमा अनसन शुक्रवारदेखि अनसन सुरु गरेका थिए। आविष्कारका लागि कोष खडा गर्नुपर्ने पुनको माग छ। हरेक वर्ष एक प्रतिशत बजेट छुट्याउनुपर्ने पनि पुनको माग रहेको छ। उनको आन्दोलनमा विभिन्न दलका नेताहरुले समेत एक्यवद्धता जनाएका थिए।

के के छन् माग?

एघार बुँदे मागमा अनुसन्धान, नबप्रबर्तन र आविष्कारका लागि सरकारले सहयोग गर्नुपर्ने पनि उल्लेख छ। 'अनुसन्धान, नबप्रबर्तन र आविष्कार प्रवर्द्धन, सन्चालन तथा खरिद ऐन' बनाउन पनि पुनले माग गरेका छन्। स्टार्ट अपहरुलाई प्रोत्साहन गर्ने कानुन पनि आवश्यक भएको उनको भनाइ छ।

नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने, उद्यमशीलताको विकास गर्न "नव उद्यमी पहिचान र प्रवर्द्धन समिति' बनाउनुपर्ने पनि उनको माग छ।

व्याबहारिक अनुसन्धानलाई प्रवर्द्धन गर्न व्यवहारिक अनुसन्धान र नबप्रबर्तन विभाग खोल्नुपर्ने पनि अर्को माग पुनले गरेका छन्।
यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने व्यवस्था तुरुन्त गर्नुपर्ने पनि पुनको माग छ। पुरानो गाडीलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति दिनुपर्ने पनि उनको माग छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell