काठमाडौं : राष्ट्रिय सभा र प्रतिनिधि सभाका सचिव सिफारिस भएका छन्। प्रतिनिधि सभाको सचिवमा नायव महान्यायधिवक्ता पदमप्रसाद पाण्डे र राष्ट्रिय सभाको सचिवमा संसद सेवाकै सहसचिव सुरेन्द्र अर्याल सिफारिस भएका हुन्। सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सचिवको सिफारिस गरेका हुन्।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको पाँच वर्षे कार्यकाल शुक्रवार सकिएको थियो। सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले सचिव नियुक्त गर्ने व्यवस्था छ।