PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

प्रचण्डको दाबी : सरकार गठनको ४ महिनामा निकै राम्रा काम भए



पहिलोपोस्ट

प्रचण्डको दाबी : सरकार गठनको ४ महिनामा निकै राम्रा काम भए

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले धेरै राम्रा काम गरेको दाबी गरेका छन्। सिंहदरबारमा किसान संगठनका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले राजस्व संकलनमा सुधार आएको बताए। अर्थतन्त्रका सूचांकमा सुधार आएको उनको भनाइ छ। 'कतिपयले यो सरकारका राम्रा काम देखिरहेका छैनन्। तर ४ महिनामा निकै राम्रा काम भएका छन्। लक्ष्यअनुसार नभए पनि राजस्व संकलनमा राम्रो सुधार आएको छ,' प्रचण्डले भने। 

विदेशी मुद्राको सञ्चिति उत्साहवर्द्धक रूपमा बढेको र पर्यटक आउने क्रममा सुधार आएको पनि प्रचण्डको दाबी छ। 'अर्थतन्त्रमा सुधार ल्याउन छलफल र अन्तरक्रियामा छु। केही समयमा सकारात्मक नतिजा देखिन्छ,' प्रचण्डको भनाइ छ। 

प्रचण्डले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताए। लघुवित्त र सहकारीलाई श्रम र उत्पादनमा केन्द्रित गर्नुपर्नेमा प्रचण्डले जोड दिएका हुन्। 'लघुवित्त र सहकारीहरू वित्तीय कारोबारमा संलग्न हुँदा एकातर्फ वित्तीय अराजकता र नियमनमा समस्या देखिएको छ, अर्कोतर्फ उत्पादनको क्षेत्र ओझेल परेको छ,' उनको भनाइ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell