PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

नेपाल र यूएईसहित ओमनले पनि एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने



पहिलोपोस्ट

नेपाल र यूएईसहित ओमनले पनि एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने
तस्बिर: क्यान

काठमाडौँ: नेपाल, ओमन र यूएईले एसीसी इमर्जिङ एसिया कप खेल्ने भएका छन्। एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि आइतवार भएको खेल वर्षाले गर्दा रद्ध भएसँग ओमनले वरीयताका आधारमा इमर्जिङ एसिया कप खेल्ने पक्का भएको हो।

एसियाली क्रिकेट परिषद (एसीसी)को रोडम्याप अनुसार प्रिमियर कपका शीर्ष तीन टोलीले एसीसी इमर्जिङ एसिया कप खेल्नेछन्। जसअन्तर्गत नेपाल र यूएई प्रिमियर कपको फाइनलमा पुगेसँगै इमर्जिङ एसिया कपमा स्थान पक्का गरिसकेका छन्। एसिया कपका लागि भने प्रिमियर कपको फाइनल विजेता टोली योग्य हुनेछ। फाइनल खेलमा सोमवार नेपाल र यूएई आमनेसामने हुँदैछन्।

इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित एसियाका टेस्ट राष्ट्रका 'ए' टिमको सहभागिता रहने छ।

आइतवार कीर्तिपुरमा तेस्रो स्थानका लागि भएको खेल वर्षाका कारण रद्ध हुन पुग्यो। कुवेतले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याउने क्रममा ओमन सातौँ ओभरमा खेलिरहँदा वर्षा सुरु भयो र त्यसपछि खेल सुरु हुन सकेन। र, खेल रद्ध भयो। आईसीसीको वरीयताका आधारमा ओमन तेस्रो बन्दै इमर्जिङ एसिया कप खेल्ने पक्का भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell