PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै



रासस

सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ। सरकारलाई दिएको समर्थन, समसामयिक राजनीति र संसदीय दलको नेता चयनका विषयमा ती बैठकमा छलफल हुने जनाइएको छ।

पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार सोमवार पार्टी कार्यालय बसुन्धरामा बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ। उनका अनुसार केन्द्रीय समितिको बैठकमा सरकारलाई दिएको समर्थनको विषयका साथै समसामयिक राजनीतिबारे छलफल हुनेछ भने संसदीय दलको बैठकमा दलको नेता चयनको विषयमा केन्द्रित हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell