PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

‘लेट्स प्ले अगेन’ : पुनः सुरु भयो नेपाल र यूएईबिचको खेल



पहिलोपोस्ट

‘लेट्स प्ले अगेन’ : पुनः सुरु भयो नेपाल र यूएईबिचको खेल

काठमाडौं : वर्षाले रोकिएको नेपाल र यूएईबिचको खेल पुनः सुरु भएको छ। एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा वर्षा बाधक बनेको थियो।

टस जितेर फिल्डिङ रोजेको नेपालले राम्रो सुरुवात गरे पनि वर्षा सुरु हुँदा खेल प्रभावित बनेको हो। केही बेर खेल रोकिएर पुनः सुरु भएको हो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले १७ औँ ओभरमा ५ विकेट गुमाएर ६० बनाएर खेलिरहँदा वर्षा सुरु भएको थियो।

पहिलो विकेटका रुपमा यूएईले कप्तान मोहम्मद वसीमलाई गुमाएको थियो। ३.१ ओभरमा ११ रन बनाएर खेलिरहेका वसीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच आउट गराए।

७.५ ओभरमा ललित राजवंशीको बलमा आर्यन लाक्राको बल बाउन्ड्री लाइनमा भीम सार्कीले ड्रप गरे। लगत्तै ८.१ ओभरमा करण केसीको बलमा लाक्रा आरिफ शेखबाट क्याचआउट भए।

त्यस्तै, ९.१ ओभरमा यूएईले चौथो विकेट गुमायो। ललितनारायण राजवंशीको बलमा १ रन बनाएर खेलिरहेका रमीज शहजाद गुलसन झाको हातबाट क्याचआउट हुन पुगे।

पाँचौँ विकेट यूएईको प्रभावशाली अलराउण्डर रोहन मुस्तफाको गयो। १३.१ ओभरमा २ रन बनाए खेलिरहेका उनलाई सन्दीप लामिछानेको बलमा कुशल मल्लले क्याच आउट गरे।

हाल ब्याटिङमा बसील हमीद र आशिफ शेख छन्। बलिङतर्फ नेपालका करण केसीले २ विकेट लिँदा सोमपाल कामी, ललित राजवंशी र सन्दिप लामिछानेले समान १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell