PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

यूएईविरुद्ध नेपाली बलरहरु चम्किँदा यस्तो हुँदैछ खेल

यूएईविरुद्ध नेपाली बलरहरु चम्किँदा यस्तो हुँदैछ खेल

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : कीर्तिपुर क्रिकेट मैदानमा नेपाल र यूएईबिचको खेल जारी छ। एसीसी प्रिमियर कप अन्तर्गत आज भइरहेको फाइनल खेलमा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको थियो। जारी खेलमा नेपाली बलरहरुले राम्रो प्रदर्शन गरिरहेका छन्।

यूएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। जुन वर्षा रोकिएसँगै पुनः सुरु भइसकेको छ।

यूएईले पहिलो विकेटका रुपमा कप्तान मोहम्मद वसीम र दोस्रो विकेटका रुपमा बिस्फोटक ब्याटर बृत्य अरबिन्दलाई गुमायो। ३.१ ओभरमा ११ रन बनाएर खेलिरहेका वसीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच आउट गराए। त्यस्तै ४.५ ओभरमा करण केसीले अरबिन्दको विकेट लिएका हुन्।

यूएईका आर्यन लाक्रा, रमीज शहजाद र रोहन मुस्ताफा पनि पेबिलियन फर्किसकेका छन्। ८.१ ओभरमा करन केसीको बलमा लाक्रा क्याच आउट भएका हुन्। उनले १३ रन बनाए।

त्यस्तै, लगत्तै अर्को ओभरमा शहजाद ललित राजबंशीको बलमा गुलसन झाको हातबाट क्याच आउट भए। उनले मात्रै १ रन बनाउन भ्याएका थिए।

यूएईले पाँचौँ विकेट भने मुस्ताफाको रुपमा गुमायो। २ रन बनाउँदा उनी १३.१ ओभरमा सन्दीप लामिछानेको बलमा क्याच आउट भए।

यो समाचार तयार पार्दासम्म यूएईले १९ ओभरमा ५ विकेट गुमाउँदै ७९ रन बनाएको छ। यूएईका ब्याटर आसिफ खान र बसिल हामीद क्रिजमा छन्।

आजको फाइनल जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा स्थान बनाउने छ।



ट्रेन्डिङ पोस्ट

Ncell