PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

सलमान खानको फिल्म चलेन, ऐश्वर्याको ‘पोन्नियिन सेलवान २’ को व्यापार राम्रो



पहिलोपोस्ट

सलमान खानको फिल्म चलेन, ऐश्वर्याको ‘पोन्नियिन सेलवान २’ को व्यापार राम्रो

सलमान खानको फिल्म ‘किसिका भाइ किसिका जान’ ले बक्सअफिसमा खासै कमाल गर्न सकिरहेको छैन। यस फिल्मले १० दिनमा भारतभर एक सय करोड भारतीय रुपैयाँको आंकडा पार गरेको छ।

यसैबीच, ऐश्वर्या राय अभिनित दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेलवान २’ भने सबै फिल्मलाई टक्कर दिइरहेको छ।

‘किसिका भाइ किसिकी जान’ले पहिलो सप्ताह राम्रो कलेक्सन गरेको थियो। सो फिल्मको व्यापार दोस्रो साताबाट व्यापार निकै कमजोर भएको हो। यस फिल्मले विश्वभर भने १५० करोड कलेक्सन गरेको छ।

गत शुक्रवार रिलिज भएको ‘पोन्नियिन सेल्भान २’ को व्यापार भने आक्रामक छ। जसले सलमान खानको फिल्मसँग प्रतिस्पर्धा गरिरहेको छ। ‘पोन्नियिन सेल्भान २’ले तीन दिनमा विश्वभरिबाट ११० करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ।

‘पोन्नियिन सेल्भान २’ सन् २०२२ मा रिलिज भएको ‘पोन्नियिन सेलवान (पीएस-आई)’ दोस्रो भाग हो। पहिलो पार्टले विश्वभरबाट ५ सय करोड कमाएको थियो।

यो फिल्म १९५५ को कल्की कृष्णमुर्तिको उपन्यास ‘पोन्नियिन सेलवान’ आधारित छ। दोस्रो भागमा ऐश्वर्याका साथै चियान विक्रम, कार्थी, जयम रवि, तृषा, जयराम, शोविता धुलिपललगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell