PahiloPost

May 24, 2026 | १० जेठ २०८३

तातोपानी नाका दुईतर्फी सञ्चालनमा



पहिलोपोस्ट

तातोपानी नाका दुईतर्फी सञ्चालनमा
फोटो : सन्तोष चौलागाईँ

काठमाडौं : सिन्धुपाल्चोकको व्यापारिक तातोपानी नाका सोमवारदेखि दुईतर्फी सञ्चालनमा आएको छ। पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुइतर्फि आयात निर्यात सुरु भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए।

सोमवार बिहान नेपालबाट तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको छ। यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजान थालिएको हो।

दुईतर्फी व्यापार र नागरिकको आउजाउका लागि भने दुबैतर्फ अध्यागमन कार्यालय व्यवस्थित हुन समय लाग्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell