PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

झरीले रोकेन दर्शकको मनोबल : छाता ओढेर क्रिकेट सुरु हुने पर्खाइमा

झरीले रोकेन दर्शकको मनोबल : छाता ओढेर क्रिकेट सुरु हुने पर्खाइमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : कीर्तिपुरमा एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेल भइरहेको छ। नेपाल र यूएईबिच भइरहेको खेलमा वर्षा बाधक बनेको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले राम्रो सुरुवात गरे पनि वर्षा सुरु हुँदा खेल प्रभावित बनेको थियो।

१६ ओभरपछि खेल रोकिए पनि पछि फेरि खेल सुरु भएको थियो। तर, फेरि  २७.३ ओभरमा वर्षा सुरु भयो। वर्षासँगै खेल फेरि रोकियो। 

खेल रोकिँदखा स्कोरबोर्डमा यूएईको ९ विकेट गुमाएर १०६ रन छ।

वर्षासँगै दर्शकहरु भने छाताको सहारामा छ। रुझ्दै खेल सुरु हुने पर्खाइमा छन् उनीहरु।

 



ट्रेन्डिङ पोस्ट

Ncell