PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अहिलेको सरकार सरकारमा किन बसिरहेको छ अचम्म लाग्दो छ : ओली



पहिलोपोस्ट

अहिलेको सरकार सरकारमा किन बसिरहेको छ अचम्म लाग्दो छ : ओली
फाइल फोटो

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार औचित्यहीन भएको बताएका छन्। श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले केहि गर्न नसक्ने भएकाले सरकरमा बसिरहनुको काम नभएको बताएका हुन्।

'अहिलेको सरकार सरकारमा किन बसिरहेको छ अचम्म लाग्दो छ। केहि पनि गर्न नसक्ने सरकार,' ओलीले भने।

ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले नउठाउने आदेश दिएको बारे पनि आफ्नो धारणा राखे। उनले  सिंहदरबारभित्रको फोहर महानगरले नउठाउने बताए। सहरी विकास मन्त्रालयले ठेक्का लगाएकाले महानगरले सिंहदरबारको फोहोर उठाउदिन भन्न नमिल्ने ओलीको तर्क थियो।

'सिंहदरबारको फोहोर महानगरले उठाउने नै होइन। सहरी विकास मन्त्रालयले अर्कैलाई ठेक्का दिएको छ,' उनले भने।

देश आर्थिक संकटमा परेको भए पनि सरकार गम्भीर नभएको भन्दै ओलीले सरकारको आलोचनासमेत गरेका छन्। अर्थमन्त्रीले नै कर्मचारीलाई तलब दिन नसक्ने अवस्था आइनसकेको भन्नु गम्भीर विषय भएको उनको भनाइ छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell