PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

‘सहायक श्रीमान’ ले जापान र क्यानडामा जित्यो अवार्ड



पहिलोपोस्ट

‘सहायक श्रीमान’ ले जापान र क्यानडामा जित्यो अवार्ड

काठमाडौं: बहुपति प्रथामा आधारित डकुमेन्ट्री ‘सहायक श्रीमान’ (को-हजबेन्ड) ले एकसाथ दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। उक्त डकुमेन्ट्रीले जापान र क्यानडामा एकैसाथ अवार्ड जितेको निर्देशक गणेश पाण्डेले बताए।

जापानको पाँचौ मेहोदा इन्टरनेशनल युथ भुचुअल मिडिया फेस्टिभलमा डकुमेन्ट्रीले अवार्डसहित एक हजार अमेरिकी डलर नगदको ब्रोन्ज अवार्डसहित एक लाख डलर बराबरको फिल्म फन्डिङ प्राप्त गरेका छन्।

यसैगरी, क्यानडाको गेटवे फिल्म फेस्टिभलमा पनि को-हजबेण्ड उत्कृष्ट डकुमेन्ट्री घोषित भएको छ। यसअघि पनि सहायक श्रीमानले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ।

कर्णाली प्रदेशको हुम्लाको भरगाँउमा छायाङ्ककन गरिएको यस डकुमेन्ट्री फिल्ममा जेठो दाजुलाई मुख्य श्रीमान र भाइहरुलाई सहायक श्रीमानको रुपमा देखाइएको छ। डकुमेन्ट्रीले हुम्ला, डोल्पा लगायतका हिमाली क्षेत्रमा रहेको बहुपति प्रथाको यथार्थलाई चित्रण गरेको छ।

एक वर्षको अनुसन्धान र तीन वर्ष छायाङ्कन गरि ४ वर्षको लगाएर निर्देशक पाण्डेले बहुपति प्रथामा आधारित ‘सहायक श्रीमान’ निर्माण गरेका हुन्। ३५ मिनेट लामो उक्त फिल्मलाई शारदा गैरेले निर्माण गरेकी हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell