PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

२०४६ पछि भएका सबै भ्रष्टाचारको छानविन गर्छौं : प्रचण्ड



पहिलोपोस्ट

२०४६ पछि भएका सबै भ्रष्टाचारको छानविन गर्छौं : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका घटना छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुने बताएका छन्। सोमबार आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाधिवेशनमा प्रचण्डले २०४६ पछिका भ्रष्टाचारको छानविन हुने बताए।

'हामीले पार्टीको घोषणापत्रमा नै प्रतिबद्धता व्यक्त गरेका छौं कि २०४६ सालपछि भएका सबै भ्रष्टाचारको छानविन गरिनेछ। हामी आयोग बनाउने तयारीमै छौँ,' प्रचण्डले भने। सरकारका तीन प्राथमिकता सामाजिक न्याय, सुशासन र समृद्धि भएको उनको भनाइ छ।

प्रचण्डले भ्रष्टचारीले नै छानविनको माग गरेको देख्दा अनौठो लागेको बताए। 'सबैभन्दा ठूला भ्रष्टाचारीहरूले नै भ्रष्टाचारको छानविन हुनुपर्‍यो भन्दै तमासा गरेको देख्दा अनौठो लाग्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell