PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

चुनावमा टिकट माग्नेलाई प्रकाशमानको प्रश्न : मै हुँ भनेर के गर्ने जनताले नपत्यापछि?



पहिलोपोस्ट

चुनावमा टिकट माग्नेलाई प्रकाशमानको प्रश्न : मै हुँ भनेर के गर्ने जनताले नपत्यापछि?

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बदलिँदो परिस्थितिमा जनचहाना अनुरुपको वैचारिक पार्टी संगठन बनाउन नसके कांग्रेसका लागि आगामी दिन झन मुस्किल पर्ने बताएका छन्।  नेपाल ट्रेड युनियन दोलखाको नवनिर्वाचित कार्यसमितलाई बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले उक्त भनाई राखेका हुन्।  

कांग्रेसको इतिहास राम्रो भएको उल्लेख गर्दै सिंहले जनतालाई साथ दिन सक्ने नै नेता बन्न सक्ने धारणा राखे। 'आदर्श र इतिहास त राम्रै छ कांग्रेसको। तर पार्टी नीति नियमअनुसार चाहि चल्नुपर्छ।

राजनीति गर्ने हो भने जनतासँगै सम्बन्ध राख्न सक्नुपर्‍यो। साथ दिन सक्नुपर्‍यो,' नेता सिंहले भने। चुनाव आएपछि टिकट चाहियो भन्ने तर नपाए पार्टीको हित विपरित लाग्नेले मै हुँ भनेर हिँडेपनि केही नहुने बताए। 'चुनाव आएपछि टिकट चाहियो भनेरमात्र आउन त भएन नि। टिकट नपाएपछि आधिकारिक उम्मेदवारलाई वास्तै नगर्ने। प्रचारमै नलाग्ने। आफ्नो स्वार्थसिद्धीमामात्र लाग्ने। यस्तो सुधार गर्न नसके गाह्रो पर्छ,' सिंहले भने, 'मै हुँ भनेर के गर्ने जनताले नपत्यापछि।'

राजनीति वास्तवमै झन्झटिलो र सबैको कुरा सुन्न क्षमता हुनुपर्ने क्षेत्र भएको उनको भनाई थियो। 'राजनीति भनेको झन्झटिलो हो। सबैको गाली पचाउन सक्नुपर्‍यो। नभए व्यवसाय गरेर बसे भयो,' सिंहले भने। कांग्रेसको संगठनलाई समय अनकुल रुपान्तरण गर्न जरुरी भएको बताए। कार्यक्रममा नेपाली कांग्रेसका नेता वरिस्ठ अधिवक्ता राधेश्याम अधिकारी, दोलखा कांग्रेसका सभापति बर्मा लामालगायतले पछिल्लो राजनीति अवस्थाबारे धारणा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell