काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको सचेतकमा निशा डाँगीलाई चयन गरेको छ। सोमवार बसेको संसदीय दलको बैठकले उनलाई सचेतक चयन गरेको सांसद गणेश पराजुलीले जानकारी दिए।
संसदीय दलको नेतामा भने पार्टी सभापति रवि लामिछानेलाई चयन गर्ने निर्णय पनि उक्त बैठकले गरेको पराजुलीले जानकारी दिए। रास्वपाले सरकारमा सहभागी हुने/नहुनेबारे आउने शुक्रवारको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकबाट निर्णय लिने भएको छ। 'सरकारलाई समर्थन दिएर मात्रै बस्दैनौं। कि सरकारमै जान्छौ कि जादैँनौं एउटा निर्णय हुन्छ,' उनले भने।