काठमाडौं : निश्चल बस्नेतको निर्देशनमा फिल्म ‘दिमाग खराब’ बन्ने भएको छ। बस्नेतले फेसबुकमा एक पोस्टर सेयर गर्दैँ फिल्मको औपचारिक घोषणा गरेका हुन्।
फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बरालको मुख्य भूमिका रहनेछ। आकाश बरालको पटकथा रहेको फिल्म आगामी कात्तिक २४ गते प्रदर्शन हुनेछ।
रौनक बिक्रम कडेल फिल्मका निर्माता रहेको फिल्मलाई सुसन प्रजापतिले खिच्नेछन्।