PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

२०२ किलो गाँजासहित समातिए वडाध्यक्ष थिङ



पहिलोपोस्ट

२०२ किलो गाँजासहित समातिए वडाध्यक्ष थिङ

हेटौंडाः मकवानपुर थाहा नगरपालिका ७ का वडाध्यक्ष शिवराज थिङसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको घरबाट प्रहरीले २०२ केजी लागूऔषध गाजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।

पक्राउ पर्नेमा वडाध्यक्ष थिङसहित भीमलाल थिङ र इन्द्र बहादुर थिङ रहेका छन्।

उनीहरुलाई इलाका प्रहरी कार्यालय पालुङ राखिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell