काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले ३७ केन्द्रीय विभाग गठन गरेको छ। केन्द्रीय सदस्य र सांसदहरुलाई विभाग नेतृत्वको जिम्मेवारी दिइएको छ। कतिपयलाई दोहोरो जिम्मेवारी समेत तोकिएको छ।
सोमबारको केन्द्रीय समिति बैठकले विभाग गठन गरेको हो।
निर्णय अनुसार नीति तथा विचार तथा प्रशिक्षण विभागको जिम्मेवारी महामन्त्री मुकुृल ढकाललाई दिइएको छ। यस्तै, संगठन विभागमा कवीन्द्र बुर्लाकोटी, अभियान तथा प्रचारप्रसारको जिम्मेवारी विपीन आचार्यलाई तोकिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्धमा शिशिर खनाल, भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धनमा हरि ढकाल, विकास योजना तथा नीति तर्जुमा विभागको जिम्मेवारी अरनिको पाण्डेलाई दिइएको छ।
तथ्याङ्क अभिलेखीकरणमा मनीष झा, कानुन तथा न्यायमा सोविता गौतम, अर्थ नीतिमा स्वर्णिम वाग्ले विभागीय प्रमुख तोकिएका छन्।
शिक्षा विभागमा सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामा तोसिमा कार्की, मुद्रा तथा पुँजी बजारमा विराजभक्त श्रेष्ठ विभागीय प्रमुख तोकिएका छन्।
कसलाई कुन जिम्मेवारी?