PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

लखनउलाई हराएर बेङ्ग्लोर पाँचौँ स्थानमा



पहिलोपोस्ट

लखनउलाई हराएर बेङ्ग्लोर पाँचौँ स्थानमा
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्टलाई रोयल च्यालेन्जर्स बेङ्ग्लोरले हराएको छ। लखनउस्थित अटलबिहारी बाजपेयी स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले घरेलु टोलीमाथि १८ रनको जित निकालको हो।

टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउ १०८ रनमा समेटियो।

सुरुवाती ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले ६२ रनको ओपनिङ साझेदारी गरे पनि त्यसपछिका ब्याट्सम्यान फ्लप जस्तै रहे। ओपनर फाफ डुप्लिसिसले सर्वाधिक ४४ रन बनाउँदा विराट कोहलीले ३१ रन बनाए। त्यसबाहेक दिनेश कार्तिकले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत जोड्न सकेनन्।

बलिङतर्फ लखनउका नवीन-उल-हकले सर्वाधिक ३ विकेट लिँदा रवि विश्नोइ र अमित मिश्राले समान २ तथा कृष्णप्पा गोउतमले १ विकेट लिए।

जवाफी ब्याटिमा उत्रिएको लखनउको ब्याटिङ त्यो भन्दा खराब रह्यो। लखनउका लागि कृष्णप्पाले सर्वाधिक २९ रन बनाउँदा अमित मिश्राले १९, क्रुणाल पाण्ड्याले १४ तथा मार्कस स्टोइनिस र उल-हकले समान १३ रन बनाए।

लखनउलाई लक्ष्यसम्म पुग्न नदिन जोस हेजलवुड र कर्ण शर्माले समान २ विकेट लिँदा मोहम्मद सिराज, ग्लेन म्याक्सवेल, वानिन्दु हसरंगा र हर्षल पटेलले समान १ विकेट लिए।

योसँगै ९ खेलबाट १० अंक जोडेको बेङ्ग्लोर तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने समान १० अंक जोडेको लखनउ तेस्रो स्थानमा छ। तालिकाको शीर्ष स्थानमा १२ अंक जोडेको गुजरात छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell