PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने



पहिलोपोस्ट

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन्। चौधरी बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मंगलबार बिहान ११ बजे बस्ने लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। प्रदेशसभाका आठ दलका ५२ र एकजना स्वतन्त्र सांसदको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

विश्वासको मत लिएपछि सरकारलाई समर्थन गरेका सबै दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने मुख्यमन्त्री चौधरीले बताएका छन्।उनले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेर शपथ लिएका थिए। शपथ लिएका तीन मन्त्रीले भने जिम्मेवारी पाएका छैनन्।

८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा सरकारलाई नेपाली कांग्रसेका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एकएक जना र एकजना स्वतन्त्र सांसदसमेत गरि ५३ जना सांसदले समर्थन गरेका छन्। लुम्बिनीमा नेकपा एमालेका २९ र राप्रपाका ४ सांसद रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell