PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

ललितको बलिङ, कुशलको क्याच : यूएईले नेपाललाई दियो ११८ रनको लक्ष्य



पहिलोपोस्ट

ललितको बलिङ, कुशलको क्याच : यूएईले नेपाललाई दियो ११८ रनको लक्ष्य

काठमाडौं : एसीसी प्रिमियर कपको फाइनल खेलमा अहिले नेपाल र यूएई खेलिरहेको छ। कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा यूएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ।

हिजो वर्षाका कारण रोकिएको नेपाल र यूएईबिच भएको फाइनल खेल आज पुन: भएको हो। हिजो वर्षा बाधक बन्दा खेल आज ‘रिजर्भ डे’लाई सारिएको थियो। यूएईले  हिजो २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो। आज यूएईले यही स्कोरबाट खेल सुरु गरेको हो।

यूएईको ब्याटिङमा कार्तिक मियप्पन र जुनैद सिद्दिकीमात्र थिए। आज खेलको सुरुवातबाट नै नेपाली बलरहरु हाबी भएका थिए।

ललित राजवंशीको बलिङमा जुनैदलाई कुशल भुर्तेलले क्याचआउट गरेपछि यूएई ३३ ओभरमा ११७ रनमा समेटिएको हो।

अब नेपाल ब्याटिङमा आउनेछ। आजको खेल जिते नेपाल एसिया कपमा पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell