PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

यूएईलाई पराजित गर्दै एसिया कपमा पुग्यो नेपाल, अबको प्रतिस्पर्धी भारत र पाकिस्तान



पहिलोपोस्ट

यूएईलाई पराजित गर्दै एसिया कपमा पुग्यो नेपाल, अबको प्रतिस्पर्धी भारत र पाकिस्तान

काठमाडौं : कीर्तिपुरमा भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले यूएईलाई पराजित गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा यूएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ। नेपालले ३ विकेटको क्षतिमा ३०.३ ओभरमा ११८ रन बनाउँदै विजयी भएको हो।

गुलसन झा र भिम सार्कीबिचको पार्टनरसिपले नेपाललाई एसिया कपमा पुर्‍याएको हो। गुलसनले ८४ बलमा ६७ रन बनाएर भने भीमले ७२ रनमा ३६ रन बनाएका थिए।

यो जितसँगै नेपालले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाएको छ। एसिया कपमा पाकिस्तान र भारत रहेको समूहमा नेपाल रहेको छ। यससँगै नेपालले पहिलोपटक यी दुई टेस्ट टिमसँग प्रतिस्पर्धा गर्ने अवसर बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell