PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मुख्यमन्त्री बनेको हप्ता दिन नबित्दै चौधरीलाई विश्वासको मत, विपक्षमा ४ मत कम



रमेश पराजुली

मुख्यमन्त्री बनेको हप्ता दिन नबित्दै चौधरीलाई विश्वासको मत, विपक्षमा ४ मत कम

बुटवल : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनको दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिएका हुन्। गत बुधवार मुख्यमन्त्रीमा नियुक्त चौधरीले आजै विश्वासको मत लिएका हुन्।

चौधरीले राखेको विश्वासको मतको प्रस्ताव प्रदेशसभाबाट स्वीकृत भएको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरे। विश्वासको मतको पक्षमा ५३ र  विपक्षमा २९ जना सांसदले मतदान गरेका छन्। भने राप्रपाका ४ सांसद तटस्थ बसेका छन्। प्रदेश सभाका आठ राजनीतिक दल र एक स्वतन्त्र सांसद गरी ५३ जनाले पक्षमा मतदान गर्दै मुख्यमन्त्री चौधरीलाई विश्वासको मत दिएका हुन्।

नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम(४) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन्। नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १० (सभामुखबाहेक), नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एकएक जना र एकजना स्वतन्त्र सांसदसहित ५३ जनाले पक्षमा मतदान गेका छन्। ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका २९ र राप्रपाका ४ सांसद सरकारको विपक्षमा देखिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell