PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

मुस्ताङमा चोरी गरेका रामेछापका युवक समातिए भक्तपुरमा



पहिलोपोस्ट

मुस्ताङमा चोरी गरेका रामेछापका युवक समातिए भक्तपुरमा

काठमाडौं : चोरी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रामेछाप सुनापति गाउँपालिका घर भएका ३२ वर्षीय राजकुमार मोक्तानलाई पक्राउ गरेको हो।

गत पुस १२ गते मुस्ताङ वारागुङ गाउँपालिका वडा नम्बर १ स्थित छिरिङ खाजा घरको झ्यालबाट प्रवेश गरी ५ लाख रुपैयाँ चोरी गरी फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय मुस्ताङले मोक्तानलाई पक्राउ गर्न पत्राचार गरेकाले कार्यालयको टोलीले खोजी गर्दा भक्तपुर सूर्यविनायक नगरपालिकाबाट पक्राउ गर्न सफल भएको हो।

अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell