PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

घटना भएको दुई सातापछि रवि लामिछानेका चालकको उपचारको क्रममा मृत्यु



पहिलोपोस्ट

घटना भएको दुई सातापछि रवि लामिछानेका चालकको उपचारको क्रममा मृत्यु

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको उपचारको क्रममा मृत्यु भएको छ। बैशाख ४ गते सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका सभापति लामिछानेका गाडी चालक ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।

बिहान ४ बजे छतबाट खसेका शम्भुको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। पुरानो मेडिकल कलेज भरतपुरमा उपचार सम्भव नभएपछि उनलाई ललितपुरको मेडिसिटीमा ल्याइएको थियो। मंगलवार दिउँसो १ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

एसपीसहितको टोलीले घटनाको अनुसन्धान गरेको थियो। त्यही क्रममा सँगै सुतेका महामन्त्री मुकुल ढकालका गाडी चालकलाई नियन्त्रणमा लिएर सोधपुछ समेत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell