PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

बोहोराटार नर्स मृत्यु प्रकरण : जाहेरी परेपछि डाक्टर ढकाल समातिए



पहिलोपोस्ट

बोहोराटार नर्स मृत्यु प्रकरण : जाहेरी परेपछि डाक्टर ढकाल समातिए

काठमाडौं : वीर अस्पतालमा कार्यरत एक स्टाफ नर्स अनुमा श्रेष्ठ मृत भेटिएको प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले डाक्टर सुजन ढकाललाई नियन्त्रणमा लिएको हो।

ढकालविरुद्ध मृतकका परिवारले किटानी जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको हो। काठमाडौं महानगरपालिका वडा नम्बर १६ बोहोराटारस्थित एक घरमा झुन्डिएको अवस्थामा उनी फेला परेकी थिइन्।

शनिवार श्रेष्ठ झुन्डिएको अवस्थामा भेटिएको जानकारी आएपछि प्रहरी टोली घरमा पुगेको थियो। उनी मृत फेला परेको घर भने सुजनको हो।

घटनास्थलबाट प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ। त्यही नोटको आधार र परिवारले दिएको जाहेरीको आधारमा आत्महत्या दुरुत्साहनमा पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell