PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

बिपी भञ्ज्याङका राममाया विक र उनका चार वर्षीय छोरा १७ दिनदेखि बेपत्ता



रासस

बिपी भञ्ज्याङका राममाया विक र उनका चार वर्षीय छोरा १७ दिनदेखि बेपत्ता
प्रतीकात्मक फाइल फोटो।

तनहुँ : तनहुँको व्यास नगरपालिका-१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उनका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेखबर छन्। दुवैजना यही बैशाख ३ गतेदेखि बेपत्ता भएका हुन्।

माइतीघर तथा आफन्तजन, इष्टमित्र सबै कहाँ खोजी गरे पनि फेला नपरेको राममायाका श्रीमान् लोकबहादुर विकले बताए।

‘आमाछोराको खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिएको छु, तर कुनै खबर नपाउँदा चिन्ता थपिएको छ,’ उनले भने।

भारतको रोजगारीमा रहेका विक श्रीमती हराएको खबर पाएलगत्तै नेपाल फर्किएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell