PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीको बधाई



रासस

एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीको बधाई
फाइल फोटो।

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन्।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिएका हुन्। उनले नेपाली क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई ज्ञापन गरेका छन्।

आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell