PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

मेट गाला २०२३ मा अनेकथरी पहिरनमा देखिए सेलिब्रेटीहरु



पहिलोपोस्ट

मेट गाला २०२३ मा अनेकथरी पहिरनमा देखिए सेलिब्रेटीहरु
Photos : REUTERS

न्यूयोर्कमा रहेको ‘मेट्रोपोलिटेन म्यूजियम अफ आर्ट्स् कस्ट्युम इन्स्टिच्यूट’का लागि चन्दा संकलन गर्न ‘मेट गाला २०२३’ आयोजना गरिएको छ। सोमवार राति सम्पन्न गालामा विश्वका सेलिब्रेटीहरुले आफूलाई विभिन्न फेसनमा प्रस्तुत गरेका थिए।

यसपटकको मेटागाला जर्मनीका लिजेन्ड फेसन डिजाइनर कार्ल लेगरफेल्डप्रति समर्पित थियो। यस वर्षको मेट गालाको थिम ‘कार्ल लेगरफेल्ड : अ लाइन अफ ब्युटी’ रहेको थियो।

संसारकै ठूलो फेसन कार्यक्रममध्यको मेट गालामा सेलिब्रेटीहरुले नयाँ र अनौठो कस्ट्युम लगाएर पुग्ने गर्छन्। हलिउड अभिनेता जेरर्ड लेटो ठूलो बिरालो आकृतिको डिजाइनमा रेड कार्पेटमा प्रस्तुत भए। अमेरिकी गायिका जेनेल मोनेइ ब्याडमिन्टनको 'कक' जस्तो डिजाइनमा देखिइन्।

मेट गालामा पुगेका आमा बन्न लागेका सेरेना विलियम्स र कार्ली क्लोसले बेबी बम्प देखाउँदै रेड कार्पेटमा प्रस्तुत भए। त्यसैगरि, बलिउड अभिनेत्री आलिया भट्टले सेतो गाउन लगाएर मेटगालामा डेब्यू गरिन्।

यसवर्षको मेट गालामा प्रियंका चोपडा, निक जोनसका साथै किम कार्दसियन, रिहान्ना, फ्लोरेन्स पग, डुआ लिपा, रीटा ओरा, निकोल किडम्यान, गिगी हडिड, मार्गारेट रोबी, रोबर्ट प्याटिन्सनलगायत हलिउड सेलिब्रेटीहरुको उपस्थिति थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell