PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

दार्चुलाको ब्याँस गाउँपालिकामा ‍हिम पहिरो, डीएसपीको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ जाँदै



पहिलोपोस्ट

दार्चुलाको ब्याँस गाउँपालिकामा ‍हिम पहिरो, डीएसपीको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ जाँदै
प्रतीकात्मक फाइल फोटो।

काठमाडौं : दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर १ मा हिम पहिरो गएको छ। दिउँसो २ बजेर ४५ मिनेटमा हिम पहिरो गएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यार्सागुम्बा खोज्न गएका अन्दाजी ८/९ जना स्थानीय बासिन्दाहरू त्रिपालमा बसिरहेको अवस्थामा हिम पहिरोले पुरिएको आशङ्का गरिएको छ। सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरु, दार्चुलाबाट डीएसपीको कमान्डमा ३० जनाको टोली उक्त इलाकातर्फ जाँदै गरेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell