PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

कांग्रेसले तत्कालै नीति अधिवेशन गर्नुपर्छ : प्रकाशमान सिंह 



पहिलोपोस्ट

कांग्रेसले तत्कालै नीति अधिवेशन गर्नुपर्छ : प्रकाशमान सिंह 

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालै कांग्रेसले आफ्नो कार्यशैली बदल्नुपर्ने बताएका छन्। नेता सिंहले तत्कालै नीति अधिवेशन गरेर देशभरका नेता कार्यकर्ताको बदलिएको परिस्थितिमा कसरी जान उपयुक्त हुन्छ गहन समीक्षा गरेर अबको बाटो तय गरिनुपर्ने धारणा राखे। 

नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिले मन्थलीस्थित पार्टी कार्यलयमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता सिंहले पार्टी विधिअनुसा चल्नुपर्नेसमेत बताए। 'अहिलेको गुनासो नेताहरुको मुल्याङ्कन भएन भन्ने छ। केन्द्रले गरेका कामहरुको जिल्ला र क्षेत्रबाट आवाज उठाउनुपर्‍यो,' सिंहले भने, 'विधिमा त चल्नुपर्‍यो नि।' 

परम्परागत प्रचार र पार्टी निर्माण शैलीले मात्रै आगामी चुनौती सामना गर्न नसकिने भन्दै नयाँ पुस्ताको भावना र चाहना समेटेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाई रह्यो। अहिले कांग्रेसले एक अर्काको कुरा काट्ने पार्टीकै नेताविरुद्ध सामाजिक सञ्जालमा विषवमन गर्ने प्रवृत्तिले कसैको हित नहुने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell