PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

शीर्षस्थानको गुजरातलाई हराउँदा पुछारको दिल्लीलाई राहत



पहिलोपोस्ट

शीर्षस्थानको गुजरातलाई हराउँदा पुछारको दिल्लीलाई राहत
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई हराएको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा दिल्लीले ५ रनको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो। जसका लागि अमन हाकिम खानले सर्वाधिक ५१ रन बनाउँदा मनिष पाण्डेले २७ तथा रिपल पटेलले २३ रनको योगदान दिए। बलिङतर्फ गुजरातका मोहम्मद समीले ४ विकेट लिँदा मोहित शर्माले २ तथा राशिद खानले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरात १२५ रनमा समेटियो।

गुजरातका कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक अविजित ५९ रन बनाउँदा अभिनभ मनोहरले २६ तथा राहुल तेवातियाले २० रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन्। बलिङतर्फ दिल्लीका खलिल अहमेद र इशान्त शर्माले समान २ विकेट लिँदा एनरिच नोर्किया र कुलदीप यादवले समान १ विकेट लिए।

हारका बावजुत गुजरात ९ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानमा कायम छ। त्यस्तै जितका बावजुत समान खेलबाट ६ अंक जोडेको दिल्ली तालिकाको पुछारमा छ। तर, यो जितले दिल्लीलाई राहत पुगेको छ। पुछारका तीन टोली कोलकत्ता नाइटराइडर्स, सनराइजर्स हैदराबाद र दिल्लीको समान ६ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell