PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

दार्चुलाको हिम पहिरोमा बेपत्ता पाँच जनाको खोजी कार्य जारी, सशस्त्रको टोली घटनास्थलतर्फ जाँदै



पहिलोपोस्ट

दार्चुलाको हिम पहिरोमा बेपत्ता पाँच जनाको खोजी कार्य जारी, सशस्त्रको टोली घटनास्थलतर्फ जाँदै

काठमाडौं : दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ मा गएको हिम पहिरोमा बेपत्ता पाँच जनाको खोजी कार्य जारी छ। बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको नम्बर ५० गुल्म छाङ्रु दार्चुलाबाट डीएसपी इश्वरी दत्त भट्टको कमान्डमा २१ जनाको टोली घटनास्थलतर्फ गएको बताइएको छ।

खराब मौसमका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ हुन सक्ने प्रहरीको अनुमान छ। सो क्षेत्रमा लगातार पानी परिरहेको ब‍ताइएको छ।

सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मंगलवार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिम पहिरोमा चार महिला र एक पुरुष बेपत्ता भएका छन्।

हिम पहिरोमा परेका छ जना पुरुष र एक जना महिला मंगलवार सकुशल अवस्थामा सशस्त्र प्रहरीको सम्पर्कमा आएका थिए। मौसम खराब भएका कारण मंगलवार बेपत्ताको खोजी हुन सकेको थिएन।

यार्सागुम्बा खोज्न गएका १२ जना स्थानीय बासिन्दाहरू त्रिपालमा बसिरहेको अवस्थामा हिम पहिरो गएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell