PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

चितवनका पोल्ट्री व्यवसायी कँडेल आफ्नै अफिसमा मृत भेटिए



पहिलोपोस्ट

चितवनका पोल्ट्री व्यवसायी कँडेल आफ्नै अफिसमा मृत भेटिए

काठमाडौं : चितवनका पोल्ट्री व्यवसायी शंकर प्रसाद कँडेल आफ्नै अफिसमा मृत फेला परेका छन्। उनको भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकमा रहेको आफ्नै अफिसमा झुण्डिएको अवस्थामा मंगलवार साँझ फेला परेका हुन्।

उनी दाना उद्योग संघका प्रथम उपाध्यक्ष हुन्। उनको अनमोल फीड र हाइबर्ड ह्याचरी रहेको थियो। केही समयअघि उनले अनफोल फीड रुंगटा समूहलाई बेचेका थिए। कँडेल नेपाली कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष समेत हुन्।

उनी १५ वर्षअघिसम्म हिमालयन फीडमा काम गर्थे। त्यहाँ जागिर छाडेर दिब्यनगरमा हाइबर्ड ह्याचरी पार्टनरसीपमा सुरु गरेका थिए। केही वर्षअघि उनको साझेदारले ह्याचरी कँडेललाई नै बेचेका थिए। त्यसको केही वर्षमै उनले अनमोल फीड उद्योग स्थापना गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell