PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

पोपोनले शुक्रवार सोल्टी होटलमा प्रस्तुती दिने



पहिलोपोस्ट

पोपोनले शुक्रवार सोल्टी होटलमा प्रस्तुती दिने

भारतीय गायक पोपोन नेपाल आउने पक्का भएको छ। पहिलोपटक नेपालमा प्रस्तुती दिनका लागि उनी काठमाडौं आउने भएका हुन्।

लिक्वड इन्टेलिजेन्सको आयोजनामा सोल्टी होटलमा हुने कन्सर्टमा उनले आफ्ना गीतहरु गाउनेछन्। कन्सर्ट बैशाख २२ गते हुँदैछ।

'मोह मोह के धागे' पोपोनले काठमाडौंमा प्रस्तुती दिन आउन पाउँदा खुसी लागेको बताएका छन्। उनलाई कन्सर्टमा १२ वाद्यवादक र संगीतकारहरुले साथ दिनेछन्। कन्सर्टका टिकहरु खल्टी एपको इभेन्ट सेक्सनबाट खरिद गर्न सकिने आयोजकले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell