PahiloPost

Jul 16, 2026 | ३२ असार २०८३

बहालवाला सचिव पाण्डे समातिए, पक्राउ पूर्जी जारीसँगै पुगेका थिए प्रहरी परिसर



पहिलोपोस्ट

बहालवाला सचिव पाण्डे समातिए, पक्राउ पूर्जी जारीसँगै पुगेका थिए प्रहरी परिसर

काठमाडौं : जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएपछि उप राष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे काठमाडौं प्रहरी परिसरमा पुगेका छन्। उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

भुटानी सरणार्थीका नाममा नक्कली व्यक्तिलाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएपछि बहालवाला सचिवलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो। प्रहरीले पक्राउका लागि अनुमति पाएलगत्तै पाण्डै प्रहरीकहाँ पुगेका हुन्।

हिजोमात्रै पूर्व गृह मन्त्री रामबहादुर थापा बादलका सल्लाहकार डा इन्द्रजीत राई यही पक्ररणमा पक्राउ परेका थिए। यस प्रकरणमा थापाका छोरा र नेकपा एमालेका नेता टोपबहादुर रायमाझीका छोराको नाम पनि मुछिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell