PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

मानव तस्कर प्रकरण : पूर्व गृहमन्त्री रामबहादुरका थापाका छोरा प्रतीक पनि पक्राउ सूचीमा



पहिलोपोस्ट

मानव तस्कर प्रकरण : पूर्व गृहमन्त्री रामबहादुरका थापाका छोरा प्रतीक पनि पक्राउ सूचीमा

काठमाडौं : नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले बुधवार थापाविरुद्ध पुर्जी जारी गरेको हो।  

मंगलवार मात्र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोही प्रकरणमा पूर्व गृह मन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ गरेको थियो। उनका छोरा निरज राई विरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी फरार रहेका छन्। उनको बयान र यसअघि समातिएकाको बयानको आधारमा थप मानिस पक्राउ गर्न प्रहरी पक्राउ अनुमति लिएको हो।

बुधवार मात्रै प्रहरीले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरुद्ध पक्राउ पुर्जी लिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केही महिना अगाडि यस प्रकरणमा केशव दुलाल, सानु भण्डारी र सागर राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell