PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

घेदुङको पोखरा बैठकका निर्णय : नाम्सानाम्सारी घेदुङ, तामाङ बोल्न, पढ्न र लेख्न अभियान नै चलाउने



पहिलोपोस्ट

घेदुङको पोखरा बैठकका निर्णय : नाम्सानाम्सारी घेदुङ, तामाङ बोल्न, पढ्न र लेख्न अभियान नै चलाउने

काठमाडौं : नेपाल तामाङ घेदुङले नाम्सा-नाम्सारी(गाउँगाउँमा) घेदुङ अभियान सञ्चालन गर्ने भएको छ। तामाङ भूमि र तामाङ समुदायसँग घेदुङको सम्बन्ध विस्तार अभियानको रूपमा 'तामाङ ह्युल थेन ह्युलबादा थुईबा ल्हाम, नाम्सा-नाम्सारी घेदुङ' भन्ने मुल नारासहित घेदुङको संगठन निर्माण अभियान सञ्चालन गरिने घेदुङका संघीय चोहो मोहन गोले तामाङले बताए।

कास्कीको पोखरामा वैशाख १६ र १७ गते सम्पन्न बैठकले उक्त निर्णय गरेको गोलेले बताएका हुन्। बुधवार बौद्धस्थित घेदुङको संघीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै चोहो गोलेले पोखरा बैठकको निर्णयबारे जानकारी दिएका हुन्। 'अभियान पहिलो चरणमा ताम्सालिङ क्षेत्रको जिल्लाहरूमा केन्द्रित गरिनेछ। विशेषगरी उपत्येकाको ३ जिल्लामा घेदुङको संगठन अत्यन्त कमजोर रहेकोले उपत्यकामा अभियान केन्द्रित गर्दै अन्य प्रदेश तथा जिल्लाहरूमा यो अभियान तीव्र रूपमा संचालन गरिनेछ,' चोहो गोलेले भने, 'अभियानले स्थानीय तहसम्म घेदुङको संगठन निर्माण, प्रशिक्षण गर्नुका साथै तामाङ जनता र तामाङ भुमि ताम्सालिङसँग घेदुङको सम्बन्ध विस्तार हुनेछ। अभियान संचालनका लागि संघिय अध्यक्ष मोहन गोलेको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ।'

यसैगरी घेदुङले समुदाय तहमा तामाङ भाषा बोल्न, पढ्न र लेख्न क्याम्पेनिङ सञ्चालन गर्ने भएको छ। 'अहिले घेदुङको समन्वय र पहलमा विभिन्न स्थानीय तहहरूमा तामाङ मातृभाषामा पठन-पाठन प्रराम्भ भएको छ । मातृभाषा शिक्षाका लागि हालसम्म घेदुङले गरेका प्रयासहरूको समिक्षा गर्दै आगामी दिनमा तामाङ मातृभाषाको शिक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ। सरकारी तहमा लविङ गर्ने तामाङ समुदायमा तामाङ मातृभाषा बोल्न, पढ्न र लेख्न क्याम्पेनिङ सञ्चालन गरिनेछ,' घेदुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उक्त अभियानको ठोस कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउन महासचिव काजिमान थिङ तामाङलाई जिम्मेवारी प्रदान गरेकोछ।'

त्यसैगरी घेदुङले आफ्नो सांस्कृतिक भवन चैत १ गतेसम्ममा किनिसक्ने लक्ष्य राखेको छ। उक्त अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन संघीय सह अध्यक्ष कुमार सिंह घिसिङको संयोजकत्वमा गठित समितिलाई विशेष जिम्मेवारी प्रदान गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell