काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री दाहालले कांग्रेसका उपसभापति धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या, डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन्।
बुधवार तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीमा नियुक्त गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर ढकालले जनाए। नवनियुक्त मन्त्रीहरुको बिहीवार दिउँसो ३ बजे शपथ हुने कार्यतालिका रहेको छ।
यसअघि कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा गएको थियो। कांग्रेसबाट खड्का उपप्रधानमन्त्रीसहित रक्षा, प्रवक्ता डा प्रकाशशरण महत अर्थमन्त्री, एनपी साउद परराष्ट्रमन्त्री, सीता गुरुङ सहरी विकासमन्त्री, रमेश रिजाल उद्योग मन्त्रीमा यसअघि नै नियुक्त भइसकेका छन्।