PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

राष्ट्रपति पौडेलद्वारा बजेट अधिवेशन आह्वान



पहिलोपोस्ट

राष्ट्रपति पौडेलद्वारा बजेट अधिवेशन आह्वान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। 

संघीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा वैशाख २४ गते आइतवार अपराह्न ४ बजे आह्वान गरिएको छ।  
        
प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ। 
        
वर्षे अधिवेशनका रुपमा रहेको यस अधिवेशनको  प्रारम्भमै पूर्वबजेट छलफल हुनेछ। यस अधिवेशमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आयव्ययको विवरण (बजेट)  प्रस्तुत हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell