PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

हिउँ पहिरोमा बेपत्ता थप दुई जनाको शव फेला, प्रहरीले गर्‍यो पहिचान



पहिलोपोस्ट

हिउँ पहिरोमा बेपत्ता थप दुई जनाको शव फेला, प्रहरीले गर्‍यो पहिचान
घटनास्थलमा सशस्त्रको टोली

काठमाडौंः दार्चुलाको व्याँस गाउँपालिका १ मा हिउँ पहिरोमा बेपत्तामध्ये ३ जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलको टोलीले फेला परेकामध्ये दुईको पहिचान भएको छ।

प्रहरीका अनुसार शव दार्चुला दुहु गाउँपालिका ४ का ३६ वर्षीय कमला कुँवर र डोटीको जोरायल गाउँपालिका २ का ४५ वर्षीय नक्नी डोल्मा थापाको रहेको पहिचान भएको छ।

बुधबार भेटिएका ३ वटै शव त्रिपाल टाँगेर बसेको घटनास्थलभन्दा अढाइ किलोमिटर तलबाट निकालिएको सशस्त्र प्रहरीका  सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

खोजी कार्य बुधबार साँझबाट बन्द गरिएको र बिहीबार बिहानैबाट सुरु हुने पनि प्रहरीले जनाएको छ।

थापाका अनुसार मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिउँ पहिरोमा चार महिला र एक पुरुष बेपत्ता भएका छन्।

हिउँ पहिरोमा परेका छ जना पुरुष र एक जना महिला मंगलबार नै सकुशल प्रहरीको सम्पर्कमा आएका थिए। मौसम खराब भएका कारण मंगलबार खोजी हुन सकेको थिएन।

यार्सागुम्बा खोज्न गएका १२ जना स्थानीय बासिन्दा त्रिपालमा बसिरहेको अवस्थामा हिउँ पहिरो गएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell